
काठमाडौं, कार्तिक २२ । छठ पर्वको अन्तिम दिन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले गुहेश्वरीघाट र कमलपोखरी पुगेर छठी माईको पूजाअर्चना गरेका छन्। छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।
त्यस समय पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।