अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत

खबर बुक
  • ख-
  • ख+

२२ कात्तिक, काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ ।

निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन् ।

त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेका छन् । अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुदै सिनेटमा बहुमत हासिल गरेका हुन् ।

रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र ओहाओमा जित हासिल गरेका हुन् ।

अघिल्लो चुनावमा दुवै दलले ४९-४९ सिट जितेका थिए ।

त्यसैगरी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा भने रिपब्लिकनले अहिलेसम्म १८३ र डेमोक्रेटले १५५ सिट जितेका छन् । ५३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्दछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्