जुवा खेलिरहेका २० जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक १९ । काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ। प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्