विमानमा बम भएको आजको हल्ला पनि झुटो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ , कार्तिक १७। एयर इण्डियाको जहाजमा कुनै खतरनाक बस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ । यसअघि उड्न उड्न तयार जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो ।

दिउँसो ३स्३९ मा १६८ यात्रु लिइ आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४ः३१ बजे बम थ्रेट रहेको सूचना आएको थियो । नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि प्रहरी टोली र नेपाली सेनाको टोलीले जाँच गरेको थियो ।

जाँचका क्रममा कुनै विष्फोटक पदार्थ नभेटिएपछि सुरक्षाकर्मीले क्याप्टेनलाई जहाज जिम्मा लगाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्