हात्तीको आक्रमणमा एकजनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कलैया, असाेज २९ । बारामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।  

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जंगलमा खोज्न गएका थिए । 

खोज्ने क्रममा ठोकर मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । 

केही दिनअगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्