पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

पर्वत, १६ भदौ ।  पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको हो ।

वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्