रवि लक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होईन, कारवाहीको सिफारिश भयो !

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, असाेज १ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिश भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।

साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् । 

उनले भने- 

‘क्लिन चिट’ पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो।सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्