पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलिएको छ ।
सुरुमा बाढीले धेरैजसो बिरामीलाई आघातमा पारेको भएपनि अहिले देशका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, छालाको सङ्क्रमण र अन्य पानीजन्य रोगका विरामी धेरै भेटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
अहिले उनीहरूको उपचार भइरहेको छ । यस वर्ष मनसुन सुरु भएयता परेको वर्षाका कारण पाकिस्तानको एक तिहाई भूभाग डुबानमा परेको छ ।
जसका कारण स्वच्छ पिउने पानीको अभाव बढेको खबरमा उल्लेख छ । बाढीले करिब १० लाख घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन् ।
जुन महिनाको मध्यदेखिको वर्षाका कारण आएको बाढीमा परेर एक हजार १६२ जनाको मृत्यु भइसकेको छ ।