राष्ट्रिय सभाको बैठक बस्दै, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्ने तयारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय सभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्ने तयारी गरेको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई पुन पारित गरियोस् भन्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक र शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

आजको बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची तय भएको छैन । तर दोस्रो बैठक बसेर नागरिकता विधेयक पारित गर्ने सम्भावना भने रहेको सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक र एकीकृत प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्