सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगियो

खबर बुक
  • ख-
  • ख+

सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् ।चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए ।

आज सहमति गर्ने भनिएपछि कांग्रेसले बिहान पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकांश नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी नछोडेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्