बडिगाड पहिरोः तीन बालबालिका अझै बेपत्ता

खबर बुक
  • ख-
  • ख+

बागलुङ। बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। 

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी गरिरहेको छ। 

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी नाबालिक सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताए।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० मध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

झब्रिखेत बस्ती जोखिममा 

सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ। त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ।

कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्