
काठमाडौं। हवाई दुर्घटनादर बढीरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको लागि कडा निर्णय गरेको छ। नयाँ निर्णय अनुसार अव कुनैपनि एयरलाइन्स वा हेलिकोप्टर कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर ६० प्रतिशतभन्दा न्यून भएको पाए उडानमै प्रतिबन्ध लगाउने भएको छ।
महानिर्देशक ई. प्रदीप अधिकारीले एयरलाइन्ससहितको ुहाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटीुको सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा ुएसएमएसु परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय भएको जानकारी दिए।
प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरकाे विषयमा अडिट गरिरहेकाे छ। प्राधिकरणले एयरलाइन्सको सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादरको न्यूनतम स्वीकार्यता दर निर्धारण गर्ने छ। जसमा परिपालनादर ६० प्रतिशत हुनैपर्ने क्याप रहने निर्णय गरेको छ।६० प्रतिशतभन्दा न्यून परिपालना दर भएका एयरलाइन्सको उडानमा रोक लाग्ने भएको छ।
प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर कार्यान्वयनको अवस्थाको विषयमा सबै वायुसेवा कम्पनीको अडिट गरिरहेको र निश्चितभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय सर्कुलर गरेको छ। प्राधिकरणले मंगलबार नै सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारीसमेत गराइसकेको छ।
प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालनादर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ। यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिरकरणले गरेको छ।
