हेली दुर्घटनामा ज्यान गएकाको परिचय खुल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २३ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेमा चार जना चिनियाँ नागरिक पहिचान खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। अन्य चारजना चिनियाँ नागरिक रहेका छन्।

ज्यान गुमाउनेमा चिनियाँ नागरिकहरू ६७ वर्षिय जुदाड टाङ, ९१ वर्षिय जिली, ४१ वर्षिय यियाद वु र ६७ वर्षिय जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्