बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, बोलकबोल आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बुधबार सूचना जारी गर्दै राष्ट्र बैंकले  बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागको जनाएको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन उपकरणमार्फत् २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो। 

यसका लागि बुधबार ३ बजेसम्म अनलाइन बिडिङमार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ। यस्तै, बुधबार नै उक्त निक्षेपपत्रको बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले साउन लागेय ता यो चौथो पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो। यसअघि साउन ९ गते ४० अर्ब र २ गते ५० अर्ब, १६ गते ४० अर्ब रुपैयाँ प्रशोचन गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्