बंगलादेशको संसद विघटन, अन्तरिम सरकार बन्ने बाटो खुल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् ।  ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् ।

राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको छ ।  

अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ ।  
  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्