जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर बुक
  • ख-
  • ख+

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी  प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्