सत्ता गठबन्धनमा सिट बाँडफाटको बिषय सकसपूर्ण

खबर बुक
  • ख-
  • ख+

आगामी मङ्सिर ४ गते हुने चुनावमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

सीट बाँडफाँटका विषयमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिरहेका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरूले आ–आफ्नो दाबी छोड्न तयार नभएपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । कार्यदलमा धेरै पटक छलफल गरेपनि सहमति हुन नसकेपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरू बस्नुअघि नेपाली काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी बसेर छलफल गरेका थिए ।

सत्ता गठबन्धनमा काँग्रेसले १ सय सिट पाउनुपर्ने दाबी गर्दा माओवादी केन्द्रले ६० सिटको दाबी गरेको छ । बाँकी रहेका हरु दलले यसमा असहमति जनाएपछि कसले कति सिट पाउने भन्नेमा कुरा मिल्न सकेको छैन, जसका कारण सिट बाँडफाटको काम लम्बिरेहको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्