कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोवार विश्वासको मत लिने भएका छन् । कँडेलले सोमबार संसद्‌बाट विश्वासको मत लिनु हुने भएको हो । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाएका थिए ।

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्