एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।

काठमाडौँको हनुमानस्थानस्थित होटल बसेरामा केहीबेरअघिदेखि बैठक शुरु भएको हो । बुधबार बिहान भएको बर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गरिएको छ ।   

बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। 

त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्