परराष्ट्रमन्त्री आरजूले गरिन राहदानी र कन्सुलर विभागको निरीक्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १६ । परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गर्नुभएको छ ।

बुधबार त्रिपुरेश्वरस्थीत बिभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थीतिका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाले केहिबेर सेवाग्राहीसंग कुराकानी गर्नुभएको थियो भने कर्मचारीले बिभागको सेवाका बारेमा जानकारी गराएका थिए । कर्मचारीसंग बिभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्रहीलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको थियो ।

त्यस्तै उहाले सरकारमा निकै अनुभवी पार्टीहरु रहेकाले स्टन्ड गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभयो । मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो । बिभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको उहाको भनाइ छ ।

फरक प्रसंगमा मन्त्री राणाले आफुमाथि टिकापुर जग्गा प्रकरण, भूटानी शरणार्थी प्रकरण लगाएतमा लगाइएका आरोपहरु निराधार रहेको बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफुलाई बिभिन्न आरोप लगाउने गरेको उहाले गुनासो गर्नुभयो । उहाले नियोजित रुपमा स्टन्ड गर्न बिभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्