नवनिर्वाचित सभापति कुसुमदेवी थापाद्धारा सपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १६ । प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति कुसुमदेवी थापाले सपथ लिनुभएको छ ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सो क्रममा सभामुख घिमिरेले सभापति थापालाई सफल कार्यकालको शुभकामना दिएको थियो ।

यसअघि मंगलबार बसेको कृषि समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्