
काठमाडौं। प्रभु बैंक महिला सञ्चालक भावना बलायरले पदबाट राजीनामा दिएकी छन्। गत वैशाख १७ देखि लागू हुने गरी नियुक्त बलायरले तीन महिनामै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्।
प्रभु बैंकको ३३८औं सञ्चालक समिति बैठकले किशोरजग कार्की र भावना बलायरलाई साधारण सेयरधनी समूहतर्फ सञ्चालक नियुक्त गरेको थियो। बलायर प्रभु बैंकमा सञ्चालक नियुक्त हुनअघि आशा लघुवित्त वित्तीय संस्थामा सञ्चालक थिइन्।
उक्त लघुवित्तको सञ्चालक समितिबाट बाहिरिएको ६ महिना पूरा नभएको बारे राष्ट्र बैंकबाट अनौपचारिक रुपमा प्रश्न गरेपछि बलायरले राजीनामा दिएको बैंक स्रोतले जनाएको छ।