कृषि समितिको सभापतिमा थापा निर्बिरोध निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि खाली रहेको सो पदमा थापा निर्बिरोध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहेका थिए ।

उनले सोमबार आफ्नो नाम दर्ता गरेकी थिइन् र सभापतिका लागि उनको मात्र नाम दर्ता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्