काठमाडौंमा १० लाख नगदसहित जुवाखालबाट ९ जुवाडे पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको चुनदेवीमा जुवा खेलिरहेको र खेलाइएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवी स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको आरोपमा ९ जनालाई पक्राय गरेको हो। 

घटनास्थलबाट १० लाख ११ हजार नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्