कोशीमा कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा ढिलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताउनुभएको छ ।

सोमवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उहाले सरकार गठन बारे लगभग सहमति भईसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताउनुभयो । तर कांग्रेसका तर्फबाट नाम नआउदा ढिलाई भएको उहाको भनाइ छ । उहाले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखनुभयो ।

मुख्यमन्त्री कार्कीले बजेट संसोधन नभई केही विषयमा पूनरावलोकन गरिने समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्