पोखरामा स्कुल बस पल्टिँदा दुईको मृत्यु, २८ घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। पोखरा महानगर–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र २८ घाइते भएका छन्।

विद्यार्थीसहित दुर्घटनामा परेको स्कुल बसमा सवार एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो।

स्कुल बस दुर्घटनामा परेर २८ घाइते भएको कास्की प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले बताएको छ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

सोमबार बिहान पोखरा महानगर–२१ रामदीबाट विद्यार्थी लिएर फर्कंदै गरेको एलपी देवकोटा मेमोरिय इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्