पहिरोले कान्ति लोकपथ अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ। शनिबार राति परेका पानीका कारण मकवानपुरको महादेवटारमा आएको पहिरोले सडक अवरुद्ध भएको हो।

ठूलो पहिरो खसेकाले सडक खुल्न निकै समय लाग्ने बताइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार कार्कीबासमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ। बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्