सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

खबर बुक
  • ख-
  • ख+

धनगढी । महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् ।

दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफु नजिक उद्धारको लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्