गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए ।

दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।

त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । 

यसैबीध दुर्घटनाको सूचना थाहाआउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्