बाढीपहिरोले ९ सडक अवरुद्ध, १५९ एकतर्फी सञ्चालन

खबर बुक
  • ख-
  • ख+

झापा। पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैंची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ।

उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ। आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए।

यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको छ।

सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको ९ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्