काठमाडौंमा आज बिहान भारी वर्षा,बिहान ९ बजेसम्मै सतर्कता अपनाउन अनुरोध 

खबर बुक
  • ख-
  • ख+

८ साउन, काठमाडौं । काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्