शान्ति समाज काठमाडौँको २७ औँ साधारणसभा शनिबार,विश्वप्रकाश शर्माले सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको शनिवार २७ औँ जिल्ला साधारण सभा हुने भएको छ । शनिवार काठमाडौँको जोरपाटी स्थित सिजलर क्याफे, अघौतेश्वर महादेव मन्दिर, बाहुन धारा, जोरपाटीमा २७ औँ जिल्ला साधारण सभा हुने भएको हो ।

नेपाल काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्ययतामा र मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

शान्ति समाज काठमाडौँ शाखाको असार २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले काठमाडौँ शाखाको २७ औँ जिल्ला साधारण सभा शनिवार काठमाडौँमा गर्ने निर्णय गरेका थियो ।

मानव अधिकार तथा शान्ति समाजको काठमाडौँ जिल्लाको आजीवन सदस्य ५२० जना रहेका छन् भने शान्ति समाज काठमाडौँ शाखा सबैभन्दा बढी आजीवन सदस्य भएको जिल्ला पनि भएको काठमाडौँ जिल्ला सभापति भगवान पुडासैनीले बताउनु भयो ।

जोरपाटीको सिजलर क्याफेमा बिहान ८ बजेदेखि सुरु हुने साधारण सभामा काठमाडौँ जिल्लाका आजीवन सदस्य, सदस्य , शुभचिन्तक सम्पूर्णलाई उक्त साधारण सभामा उपस्थित हुनका लागि सभापति पुडासैनीले अनुरोध गर्नु भएको छ । कार्यक्रममा विभिन्न राजनीति दलका सांसद, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, स्थानीय संघ संस्था, स्थानीय व्यक्ति लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेन बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्