३ महिनाभित्र बक्यौता तिर्ने सर्तमा ६ उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको १३ दिनपछि पुनः जोडिने भएको छ। सोमबार बिहान बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त राखेर तत्कालका लागि लाइन जोड्ने निर्णय सञ्चालक समितिले गरेको एक सदस्यले जानकारी दिए।
ट्रकलाइन र डेडिकेटेडलाइनको विवादलाई लिएर प्राधिकरणले असार २५ र २६ गते ६ उद्योगमा लाइन काटेको थियो।

उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न ठाडो निर्देशन दिए पनि अवज्ञा गर्दै आएका थिए।

आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओलीले आइतबार संसदमा संवोधनकै क्रममा प्रवन्ध निर्देशक घिसिङको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए। उद्योगीहरु विद्युत प्रयोग गरेको प्रमाण मागिरहने र प्राधिकरणले प्रमाण नदिई लाइन मात्र काट्ने गरेको प्रति ओलीको आक्रोश थियो।

उनले ९ वर्षदेखिको विवाद नमिलाएको र तीन पटक बिजुली काट्दै जोड्ने तर सहमति नगरेको विषयमा प्रबन्ध निर्देशक घिसिङमाथि अनुसन्धान तयारी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्