संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । 

अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्