वायुसेवा निगमले असार मसान्तसम्म बुझायो ४३ करोड किस्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले असार मसान्तसम्म ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ किस्ता बुझाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडान भर्न खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये २०८१ असारसम्मको किस्ताबापत पुरा र वाइडबडी जहाजकोे आंशिक गरी रकम भुक्तानी गरेको हो।

हालको नेतृत्वले व्यवस्थापन सम्हालेपछि २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी भइसकेको निगमले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्