
काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर पुरानै नेवारी शैलीमा निर्माण सुरु गरेको छ।
नगर उपप्रमुख सुनिता डंगोलले बिहीबार शिलान्यास गरेसँगै मन्दिर पुन:निर्माण कार्य सुरु गरिएको छ।
मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम रहनेछन्। छानो झिँगटीको रहनेका साथै उत्तर (भृकुटीमण्डप)तर्फ दुई वटा ब्लक आपसमा जोडिएका हुनेछन्।
दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन वटा ब्लक रहनेछन्। यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ। मन्दिरको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो।















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी