नेपालले (युएई)सँग मैत्रीपूर्ण खेल खेल्ने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक ।।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि  कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो ।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ ।

नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्