चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको भुसालको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  नेकपा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

सोमवार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्दतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताउनुभएको हो । केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको पनि बताउनुभयो । उहाँले केपी ओलीको दम्भका कारण आफुले पार्टी त्याग गर्नुपरेको बताउदै लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले सविधान बचाउने काम रोजेको जिकिर गर्नुभयो । भुुसालले राजनीति स्थिरता ,देशको विकास,सम्वृद्धिका लागी पनि आफुहरुले जित्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं–१, ख प्रदेश सभा सदस्य पदका उमेदवार अब्दुल रज्जाकले संविधान च्यात्न खोज्ने दललाई अब भोट दिन नहुने तर्क गर्नु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्