एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेृका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्