गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गरेका हुन् ।

२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो ।

आउँदाे ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्