मस्कले ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, १४ कात्तिक।।एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ ।

भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए ।

हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्