राप्रपाको घोषणापत्र : नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले  नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको हो ।

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालको भू-भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्