आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक।।एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ ।

तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो । ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर  चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्