माओवादी केन्द्रले घोषणापत्र आज आउने

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको घोष्णापत्र सार्वजनिक गर्ने तयारी भएको छ ।

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय घोषणापत्रमा उठाइएको नेता पोखरेलले बताउनुभयो । एकीकृत समाजवादी पार्टीले पार्टी केन्द्रीय कार्यालय मीनभवन काठमाडौँमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको महासचिव डा बेदुराम भुसालले  बताउनुभयो ।

एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने मूल नारा बनाएको छ । शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र जनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्