सहकारी छानबिन संसदीय समिति कानुनी परामर्शमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श थालेको छ।

बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीसँग छलफल गरेको हो।

विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरिएको बताए।

उनले कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए।

उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको जानकारी दिए।

थापा सभापतित्वको समितिमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्