कुनै पनि एनजीओकर्मीलाई समितिमा प्रवेश गर्न नदिने -सभापति खतिवडा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।   प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुनै पनि एनजीओकर्मीलाई समितिमा प्रवेश गर्न नदिने बताउनुभएको छ । आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले संघीय निजामति ऐनमाथि छलफल गर्न आइतबार समितिको बैठक बोलाइएकोमा दुई जना एनजीओकर्मी समितिमा देखिएपछि बैठक स्थगीत भएको समेत बताउनुभयो । बैठक प्रभावित हुनुमा संसद सचिवालयका कर्मचारीको आन्दोलन पनि एउटा कारण रहेको उहाको भनाइ छ । समितिको हलमा एनजीओका कार्यक्रम नगर्ने र कुनै एनजीओको सहयोग स्वीकार नगर्ने समेत उहाले बताउनुभयो ।

उहाले समितिमा उपलव्ध गराइएको खाजाका बारेमा सचिवसंग जानकारी लिने काम भएको जिकिर गर्नुभयो । खतिवडाले बैठकबाट गृहमन्त्री फर्केर आउने भन्दै निस्किएको भन्दै गृहमन्त्री निस्कने बेला एनजिओको प्रसंग नै नआएको दावी गर्नुभयो । यता, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आजै एनजीओ प्रायोजित खाजा अर्डर गरिएपछि गृहमन्त्रीले राज्य समितिको बैठक राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएको भन्दै उनी बैठकमा सहभागी नभई हिँडेको स्रोतले बतायो । गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ ।

समितिमा गृहमन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक नभएको ठम्याई छ । त्यसपछि उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए । समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई निम्याएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्