सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। 

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ४३ वर्षीय नितिन महेश्‍वरी छन‍्‍।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्