नेपाल बैंकको ब्याज आम्दानी बढ्यो, तर खुद नाफा घट्यो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ कात्तिक।।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ ।

गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको छ । जसका कारण सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्