कोभिड र डेङ्गीको जोखिम कायमै, जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको आग्रह

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यो पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताउनुभयो । छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गर्नुभएको छ ।

विगतमा विशेषगरी तराई र मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उहाँले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताउनुभएको छ ।

कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै छठ पर्व मनाउन पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्