निःशुल्क स्वास्थ्य शिबिरबाट ६५० जना लाभान्वित

खबर बुक
  • ख-
  • ख+

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिबिर तथा औषधि वितरणमा ६ सय ५० सर्वसाधारण लाभान्वित भएका छन् । 

वडा कार्यालयको आर्थिक सहयोग र स्थानीय महिला विकास तथा सामुदायिक विकास केन्द्र महेन्द्रनगरको आयोजनामा शनिबार र आईतबार जेठ १९ र २० मा सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन ४ सयजना र दोस्रो दिन २ सय ५० सर्वसाधारणले स्वास्थ्य सेवा तथा निःशुल्क औषधिसमेत पाएका थिए ।  

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ बबिता चौधरी, बालरोग विषेशज्ञ उपेन्द्र यादव, दन्त रोग विशेषज्ञ नेहा साह, अर्थोपेडिक चिकित्सक जयन्त भगवान मिश्रागरी १० जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

स्वास्थ्य शिविरमा २० वर्षदेखि ५५ वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, अर्थोपेडिक, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले बताए । उनले जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको तयारी गरेको वडा अध्यक्ष खरेलले जानकारी दिए ।

निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउँन पाएपछि स्थानीयहरु निकै प्रसन्न भएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को स्वास्थ्य शिविरमा आई पुगेकी ३८ बर्षिय उषा साफकोटाले गाँउमै स्वास्थ्य जाँच र निःशुल्क औषधी पाएकोमा खुशी हुदै वडा अध्यक्ष र डाक्टरहरुलाई धन्यवाद दिईन । उनीजस्तै उपचार गराउन टाडासम्म जान नसक्नेहरुले गाउँघरमै यसरी संचालनलित शिविरबाट औषधी उपचार पाएपछि निकै प्रसन्नता ब्यक्त गरे ।

शिविरमा धेरै प्रकारका रोगी आएपनि बालबालिका र महिलाहरु शिविरमा धेरै आएको स्त्री रोग विशेषज्ञ बबिता चौधरीले बताईन । शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यको बारेमा परामर्श समेत लिएका थिए ।  शिबिर सञ्चालन गर्नाले आफुलाई धेरै राहत भएको पसाहाका ७४ बर्षिया भिम लामाले खुसि ब्यक्त गरे । उनले भने,‘हाडजोनीको डाक्टरबाट उपाचार पाए, केहीदिनबाट राम्रोसंग हिड्न समेत सकेको छैन । लौरोको सहारामा अलिअलि मात्र हिड्न सक्थो तर यहाँ अर्थोपेडिकसंग चाज गरेपछि रोग पहिचार भएर निःशुल्क औषधी समेत प्राप्त भयो ।’ 

रोग लागेर ग्रामिण स्तरमा आर्थिक अभावमा अस्पतालसम्म जान नसक्ने गरिव, बृद्ध, असाहयहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर गरिएको थियो भने सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी वडाले सुरु गरेको अभियान अन्तर्गत आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए ।

न्युजकारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्